गृहपृष्ठ माउण्टेन फ्लाइट फेरि सुचारु, एउटा किन्दा अर्को टिकट फ्रि
माउण्टेन फ्लाइट फेरि सुचारु, एउटा किन्दा अर्को टिकट फ्रि
लामो बन्दाबन्दीपछि बुद्ध एयरले पुन: पर्वतीय उडान (Everest Experience FLight) सुरु गरेको छ । स्थिर अवस्थामा रहेको पर्यटनलाई यसले थोरबहुत गति प्रदान गर्न पर्वतीय उडान सुरू गरेको बुद्ध एयरले जनाएको छ ।
आउँदो शनिबार (डिसेम्बर ५) देखि सुरु हुने फ्लाइटको उडान करिब १ घण्टाको हुनेछ । काठमाडौं त्रिभुवन विमानस्थलबाट सुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरलगायत अन्य हिमश्रृंखलाहरुको मनोरम दृश्य हेर्न सकिन्छ । ट्रेकिङ जान नसक्नेका लागि यो अफर उपयोगी हुने बुद्ध एयरको दाबी छ ।
बुद्ध एयरले यसका लागि ८ हजार ९ सय रूपैयाँ भाडा तोकेको छ । ‘यसमा झ्यालसहित सँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालको लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । टिकटका लागि बुद्ध एयरको काउण्टर तथा ट्राभल एजेन्सीलाई सम्पर्क गर्न सकिने छ ।
प्रकाशित समय १२:४६ बजे

















