गृहपृष्ठ सेयर बजारमा एकैदिन साढे ९ अर्ब रुपैयाँको कारोबार
सेयर बजारमा एकैदिन साढे ९ अर्ब रुपैयाँको कारोबार
सेयर बजारमा एकै दिन साढे ९ अर्ब बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा नेप्से परिसूचक र सेयर कारोबार रकम निकै बढेको छ ।
आइतबार नेप्से परिसूचक बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । ७५.०२ प्रतिशतले बढेर एक हजार ९६८.२७ अंकभन्दा माथि पुगेको हो । आज ९ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ । गत बिहीबारमात्रै ७ अर्ब नाघेर नयाँ रेकर्ड भएको कारोबार रकम आइतबार थप दुई अर्बभन्दा बढीको कारोबार भएको छ ।
आज दुई सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता सेयर किनबेच भएको छ ।बजारमा उल्लास देखिए पनि व्यापार तथा होटल समूहबाहेक सबै समूहहरुमा उकालो लागेका छन् ।
प्रकाशित समय १६:४९ बजे

















