गृहपृष्ठ एनआइसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेउवा महासंघको उपाध्यक्षमा निर्वाचित

एनआइसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेउवा महासंघको उपाध्यक्षमा निर्वाचित

एनआईसी एशिया बैंकका सञ्चालक तथा उद्योगी व्यवसायी रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

विगत ३० वर्षदेखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङगीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्‍याउँदै आएका उनी त्रिवेणी ग्रुपको निर्देशक समेत हुन् । उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याएवापत गत वर्ष नेपाल सरकारले उनलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको थियो ।

प्रकाशित समय १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु