गृहपृष्ठ ग्लोबल आइएमई बैंक र दुई नगरपालिकाबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र दुई नगरपालिकाबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता

global-ime-bank-newskarobar

ग्लोबल आइएमई बैंक लिमिटेड र मुसिकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम)बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र आठबिसकोट नगरपालिकाका प्रमुख गोरख बहादुर केसीले छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नगरपालिकाले उद्यम व्यवसाय गर्न इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलतासम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समूह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ । नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् ।

प्रकाशित समय ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु