गृहपृष्ठ नेकपा मुख्यालयमा तालिमप्राप्त कुकुर र बम डिटेक्टरसहितको सुरक्षा टोली तैनाथ

नेकपा मुख्यालयमा तालिमप्राप्त कुकुर र बम डिटेक्टरसहितको सुरक्षा टोली तैनाथ

बैठकमा सहभागी हुन सबै आइपुगे, ओली आइपुगेनन्

nekapa-building_newskarobar

धुम्बराहीस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा आज स्थायी कमिटी बैठक बस्दैछ । बैठक सुरू हुनुअघि कार्यालय र सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीको टेकू परिषरबाट एसएसपीको नेतृत्वको टोली खटिएको छ । यस्तै सुरक्षाकर्मीले तालिमप्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ । प्रधानमन्त्री ओलीले पार्टी कार्यालयमा सुरक्षा जोखिम रहेको भन्दै शनिबारको सचिवालय बैठक पनि बालुवाटारमा सार्न भनेका थिए ।

निर्धारित दिउँसो १ बजेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आएका छैनन् । तर, अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम आइसकेका छन् ।

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु