गृहपृष्ठ विद्युत प्राधिकरणका कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा
विद्युत प्राधिकरणका कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा
नेपाल विद्युत प्राधिकरणका एक कर्मचारी पाँच हजार घुस रकमसहित पक्राउ परेका छन् । प्राधिकरणको तनहुँ वितरण केन्द्र आँबु प्रशाखामा कार्यरत कर्मचारी (तह-४) कृष्ण आलेलाई पाँच हजार घुसरकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीको काम गरिदिएबापत गैरकानुनी रुपमा अतिरिक्त रकम माग गरिरहेको सूचनाका आधारमा अख्तियारको पोखरा कार्यालयबाट गएको टोलीले आलेलाई रकमसहित नियन्त्रणमा लिइएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । कार्यालयबाटै नियन्त्रणमा लिइएका आलेमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित समय ११:१८ बजे

















