गृहपृष्ठ इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजना : प्युठानका मनोजलाई मोटरसाइकल

इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजना : प्युठानका मनोजलाई मोटरसाइकल

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक इसेवाले दसैँतिहार र छठलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेता घोषणा गरिएको छ । उपहार योजनाअन्तर्गत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसी टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सफल भएका छन् । बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी गोलाप्रथाबाट विजेता सार्वजनिक गरिएको हो ।

बुधबार नै अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भए । मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रुपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएका थिए । सम्पूर्ण विजेताहरुको विवरण ब्लग डट इसेवा डटकम डट एनपी र इसेवाको फेसबुक पेजमा सार्वजनिक गरिएको छ ।

उपहार योजनामा इसेवाले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी, भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्रान्डसँग सहकार्य गरेको थियो । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रकाशित समय २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु