गृहपृष्ठ प्रभु बैंक डिबेन्चर-२०८७ को बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

प्रभु बैंक डिबेन्चर-२०८७ को बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

प्रभु बैंकले १ हजार रुपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको ‘प्रभु बैंक डिबेन्चर-२०८७’ निष्कासन गर्नका लागि मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्बबराबरको प्रभु बैंक डिबेन्चर-२०८७ नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र १ अर्ब ६० करोडबराबरको ऋणपत्र सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

मेगा क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको ४ अर्बबराबरको ‘प्रभु बैंक डिबेन्चर-२०८७’ को ट्रस्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्सलाई नै नियुक्त गर्नेसम्बन्धी सम्झौता पनि हस्ताक्षर भएको छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपश्चात ‘प्रभु बैंक डिबेन्चर-२०८७’ सार्वजनिक निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित समय २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु