गृहपृष्ठ ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि कर्जासम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि कर्जासम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकका बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकले आवश्यक प्रक्रिया पूरा गरेका कृषकलाई परियोजनाको विशलेषण गरी न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ । कृषिको व्यावसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि ग्लोबल आइएमई बैँकले स्थानीय तहसँगको सहकार्यमा विभिन्न किसिमका कर्जा प्रवाह गर्दै आएको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित छन् । कृषि कर्जामा सहजीकरणले उद्यमशीलताको विकास गर्ने, स्वरोजगार बनाउने र स्थानीय तहहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।

प्रकाशित समय २१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु