गृहपृष्ठ सनराइज बैंकका ग्राहकलाई सस्तोडिल डट कममा क्यास ब्याक
सनराइज बैंकका ग्राहकलाई सस्तोडिल डट कममा क्यास ब्याक
‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियानलाई आत्मासात् गर्दै आएको सनराइज बैँकले सस्तोडिल डट कमसँग सम्झौता गरेको छ । सम्झौताअनुसार सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामान खरिदको भुक्तानी गर्दा ग्राहकले क्यास ब्याक पाउनेछन् ।
योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकले गर्ने पहिलो भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम् २ हजार पाँच सय रुपैयाँसम्म रकम बैंकले क्यास ब्याक प्रदान गर्नेछ । यो योजना २६ मंसिरदेखि ३० मंसिर २०७७ सम्म रहने र क्यास ब्याक रकम योजना समाप्तिपश्चात प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा ल्याइएको यो योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगदमार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनीकरण गर्ने बैंकको विश्वास छ ।
प्रकाशित समय १०:५८ बजे

















