गृहपृष्ठ कृषि विकास बैंकको लाभांश घोषणा
कृषि विकास बैंकको लाभांश घोषणा
कृषि विकास बैंक लिमिटेड (ADBL)ले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सरकारको अग्राधिकार सेयरमा पनि बैंकले ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित समय १५:५७ बजे

















