गृहपृष्ठ सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट

सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट

सनराइज बैंकले ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सनराइज बैंक र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच हस्ताक्षर भइसकेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सिद्धार्थ गुप्रका होटलमा खान, बस्न तथा बेबरेज जस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको क्रेडिट तथा डेबिट कार्ड देखाएर वा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट लिन सक्नेछन् ।

सम्झौतापश्चात् सिद्धार्थ ग्रुपअन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोडलगायतका अन्य जिल्लामा अवस्थित होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुमा पनि ग्राहकले छुटको लाभ लिन सक्नेछन् । बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौँ’ अभियानअनुरुप ग्राहकलाई नवीनतम् सेवा प्रदान गर्दै आएको र ग्राहकको अपेक्षाअनुरुप सेवा सुविधा थप गर्दै जाने बैंकले जनाएको छ ।

प्रकाशित समय १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु