गृहपृष्ठ तीन बजे बालुवाटारमा विवेकशील साझा पार्टीको प्रदर्शन
तीन बजे बालुवाटारमा विवेकशील साझा पार्टीको प्रदर्शन
विवेकशील साझा पार्टीले आज ३ बजे सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री ओलीको संविधानविरूद्ध खुल्लमखुल्ला ‘कू’ गर्ने प्रयास गरेको भन्दै अध्यक्ष रविन्द्र मिश्रले बालुवाटारमा प्रदर्शन गर्ने बताएका छन् ।
उनले फेसबुकमा एक स्ट्याटस लेख्दै ‘आज हामी देशका विभिन्न ठाउँमा विरोध प्रदर्शनको आयोजना गर्दैछौँ । आउनोस्, कोरोना पीडित, गरिबी पीडित जनताप्रति रत्ति पनि संवेदनशीलता नभएकाहरूका यी भ्रष्टहरूको यो ज्यादतीको मिलेर विरोध गरौँ ।’
प्रकाशित समय १४:१८ बजे
















