गृहपृष्ठ नेकपाद्वारा संसद विघटनको भर्त्सना, ओलीलाई अनुशासनको कारबाही गरिने
नेकपाद्वारा संसद विघटनको भर्त्सना, ओलीलाई अनुशासनको कारबाही गरिने
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठकले संसद विघटनको भर्त्सना गरेको छ । बैठकले पुस ७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव पनि लैजाने भएको छ ।
संसद विघटनलगत्तै आज दिउँसो बसेको स्थायी समिति बैठकले ओलीको कदम अलोकतान्त्रिक भएको भन्दै विरोध गरेको छ । बैठकले पार्टीको सिद्धान्त र जनादेशविरुद्ध चालिएको कदमको निन्दा गरेको छ ।
प्रकाशित समय १९:११ बजे

















