गृहपृष्ठ नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा १८.५ प्रतिशत लाभांश प्रस्ताव

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा १८.५ प्रतिशत लाभांश प्रस्ताव

नेपाल इन्भेस्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैँक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १३ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैँकबाट स्वीकृत तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । यो लाभांश गत वर्षहरूको तुलनामा कम हो । गत वर्ष कम्पनीले १९ प्रतिशत लाभांश बाँडेको थियो भने त्यसअघिका वर्षहरूमा ४० प्रतिशत हाराहारी लाभांश बाँडेको थियो ।

प्रकाशित समय १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु