गृहपृष्ठ मेगा बैँकले महिला व्यवसायीलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने
मेगा बैँकले महिला व्यवसायीलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने
मेगा बैँक नेपालले ललितपुर सुनचाँदी व्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ । मेगा बैँकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीलाई १५ लाख रुपैयाँसम्म बिनोधितो ब्याज अनुदान कर्जा उपलब्ध गराउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
संघबाट सिफारिस काजगपत्र लिएर आउने उद्यमीले कर्जा पाउनेछन् । यो कर्जाले महिला उद्यमीलाई आत्मनिर्भर बनाउन थप उत्साह र ऊर्जा मिल्ने मेगा बैँकको विश्वास छ ।
प्रकाशित समय १३:४३ बजे

















