गृहपृष्ठ नागरिक केयर सेन्टरलाई ग्लोबल आइएमई बैँकको सहयोग

नागरिक केयर सेन्टरलाई ग्लोबल आइएमई बैँकको सहयोग

ग्लोबल आइएमई बैँकले विराटनगरस्थित नागरिक केयर सेन्टरलाई सहयोग गरेको छ । बैँकका प्रदेश १ प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ विराटनगरमा आयोजित कार्यक्रमका बीच नागरिक केयर सेन्टरका संयोजक पवनकुमार शारडालाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेका हुन् । बैँकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको हो ।

देशका ७३ जिल्लामा ग्लोबल आइएमई बैँकका २६४ शाखा सञ्जालसहित २३९ एटीएम, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २४१ शाखारहित बैँकिङ इकाइ छन् । बैँकका तीन अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय छन् । नेपालको सबैभन्दा ठूलो बैँक ग्लोबल आइएमईको ग्राहक संख्या २१ लाखभन्दा बढी छ ।

प्रकाशित समय १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु