गृहपृष्ठ नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन
नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन
प्रचण्ड-माधव समूहको बैठकले नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार बसेको ‘सांसदहरुको बैठक’मा अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा अर्का अध्यक्ष प्रचण्ड संसदीय दलको नेता चयन भएका हुन् ।
हलमा उपस्थित सांसदहरुले नेपालको प्रस्तावलाई सर्वसम्मतले अनुमोदन गरेका थिए । प्रचण्ड-माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको छ । बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेस गरेका छन् ।
प्रकाशित समय १४:५६ बजे

















