गृहपृष्ठ सरकार र एसियाली विकास बैँकबीच साढे २३ अर्बको ऋण सम्झौता

सरकार र एसियाली विकास बैँकबीच साढे २३ अर्बको ऋण सम्झौता

नेपाल र एसियाली विकास बैँक (एडीबी)बीच साढे २३ अर्ब रुपैयाँबराबरको ऋणको सम्झौता भएको छ । एडीबीले नेपाललाई विमानस्थलहरूको क्षमता विस्तारका लागि १७ अर्ब ७० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग गरेको हो ।

त्यस्तै नदीहरूमा बाढी जोखिम व्यवस्थापनका लागि ५ अर्ब ९० करोड सहयोग सम्झौता भएको छ, जसअन्तर्गत ४ अर्ब ७२ करोड सहुलियत ऋण र १ अर्ब १८ करोड अनुदान हो ।

सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीका नेपाल रेजिडेन्ट मिसन अफिसर इन्चार्ज रुडी लुइस हेन्ड्रिकस भ्यान डिलले बुधबार हस्ताक्षर गरेका छन् । सासेक विमानस्थलहरूको क्षमता विस्तारअन्तर्गतको ऋण सहयोग ट्याक्सी वे विस्तार, ह्याङ्गर एप्रोन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम, गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणलगायतमा खर्च हुनेछ ।

प्रकाशित समय १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु