गृहपृष्ठ पर्यटन प्रवर्द्धनका लागि चेम्बर र थाइल्याण्डबीच सहकार्य
पर्यटन प्रवर्द्धनका लागि चेम्बर र थाइल्याण्डबीच सहकार्य
नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्यको आवश्यकतामा जोड दिएको छ । थाइल्याण्डको बैंकक र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान गरी पर्यटन र सांस्कृतिक विकासमा दुई मुलुकसँगै अगाडि बढ्नुपर्ने चेम्बरले प्रस्ताव राखेको छ ।
नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानमा नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष राजेशकाजी श्रेष्ठले नवनियुतm राजदूतको कार्यकालको सफलताको कामना गर्दै नेपाल थाइल्याण्डबीच बिद्यमान व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनको सभावनालाई उपयोग गर्न र बुद्धिष्ट सर्किट प्रवर्द्धनका लागि बैंकक–लुम्बिनीबीच सिधा हवाइ सम्पर्कका लागि पहल गरिनुपर्ने बताए ।
नेपालमा वैदेशिक लगानीको वातावरण बनेकाले ठूला पूर्वाधार निर्माणका ग्लोबल टेण्डरमा थाइ निर्माण कम्पनीहरुलाई सहभागी गराउन आग्रह गरे । नेपालको पर्यटन, कृषि, तथा जडीबुटी उद्योगलगायतका क्षेत्रमा लगानीका लागि उपयुक्त हुन सक्ने उनले बताए । थाइल्याण्ड बुद्धमार्गीहरुको मुलुक भएको उल्लेख गर्दै नेपाल र थाइल्याण्डबीच बुद्धिष्ट सर्किटको माध्यमबाट नेपालमा स्थायी पर्यटक आगमनको लागि पर्यटन बोर्डले उल्लेखनीय भूमिका निर्वाह गर्नसक्ने भएकाले यसको लागि पहल गरीदिन उनले आग्रह गरे ।
पूर्वी एसियाको उदीयमान अर्थतन्त्रको रुपमा थाइल्याण्डले आर्थिक विकास तीव्र रुपमा गरिरहेकोमा अध्यक्ष श्रेष्ठले प्रशंसा गरे । थाइल्याण्डले नेपालको कृषि पर्यटन र व्यापारलाई आधुनिकीकरणमा उल्लेखनीय योगदान दिनसक्ने उनको भनाइ थियो । कार्यक्रममा उपस्थित चेम्बरका पदाधिकारीहले नेपाली व्यवसायीहरुलाई भिषा प्रक्रियामा सरलीकरण तथा थाइल्याण्डबाट नेपालमा उच्च प्रविधियुक्त स्वास्थ्य क्षेत्रमा लगानीको लागि आग्रह गरेका थिए ।
थाइल्याण्डका राजदूत भोसिताले नेपाली व्यवसायी संस्थाहरुसँंग सहकार्य गरी दुबै देशको आर्थिक सम्बन्ध विस्तारका लागि पहल गर्ने बताए । कोभिड महामारी समाप्तिपश्चात् दुबै मुलुकका व्यापारिक प्रतिनिधि मण्डलहरुको पारस्परिक व्यावसायिक भ्रमण हुनेमा आशान्वित रहेको बताउँदै पर्यटन क्षेत्र बिस्तारका लागि बुद्धिष्ट सर्किटको अवधारणा तथा थाइल्याण्ड र लुम्बिनीबीचको सिधा हवाई सम्पर्कलाई सकारात्मक रुपमा लिएकोे बताए । नेपाल र थाइल्याण्ड बिमिस्टेकको सदस्य राष्ट्र भएकोले दुई मुलुकबीच आर्थिक सम्बन्ध बिस्तारका लागि प्रशस्त सम्भावना रहेको उनले बताएको चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयले बताए ।
प्रकाशित समय ०८:५७ बजे

















