गृहपृष्ठ एकसय रूपैयाँले उकालो लाग्यो सुनको मूल्य

एकसय रूपैयाँले उकालो लाग्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला एकसय रूपैयाँले उकालो लागेको छ । प्रतितोला ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको थियो । चाँदी प्रतितोला एक हजार २८० मा कारोबार भएको छ । बुधबार भने प्रतितोला एक हजार २६५ मा कारोबार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ ।

प्रकाशित समय १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु