गृहपृष्ठ दुबईको अल् फर्दानबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा २ लाख उपहार

दुबईको अल् फर्दानबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा २ लाख उपहार

सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबईस्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको ‘दसैं तिहार बम्पर धमाका’अन्तर्गत दीपकराम टमाटाले दुई लाख जित्न सफल भएका छन् । सो योजनाअन्तर्गत दुबईको अल फर्दान एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउदा दोस्रो बिजेता स्वरूप दुई लाख जित्न सफल भएका हुन् ।

यस योजनामा बिजेता छनोट लक्की ड्रमार्फत गरिएको थियो जसअन्तर्गत सिटी एक्स्प्रेसबाट पैसा पठाएर ८ जनाले कलर टिभी, ४ जनाले माईक्रोवेभ ओभन, ४ जनाले ब्लेन्डर, ५ जनाले राइस् कुकरलगायत ६ जनाले ईलेक्ट्रिक केट्टल जस्ता घरेलु उपकरणहरु जित्न सफल भएका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु