गृहपृष्ठ कुमारी बैंक र फ्रेन्च बेकरीबीच ‘विशेष छुट’सम्बन्धी सम्झौता
कुमारी बैंक र फ्रेन्च बेकरीबीच ‘विशेष छुट’सम्बन्धी सम्झौता
कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा फ्रेन्च बेकरीका निर्देशक बुद्ध श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सहकार्यअन्तर्गत पकनाजोल, क्षेत्रपाटीस्थित फ्रेन्च बेकरीका विभिन्न सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले १२% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटीएम, २३ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित समय १७:०६ बजे

















