गृहपृष्ठ नेको इन्स्योरेन्सको अध्यक्षमा रोहितकुमार भट्टराई

नेको इन्स्योरेन्सको अध्यक्षमा रोहितकुमार भट्टराई

नेको इन्स्योरेन्सको अध्यक्षमा रोहितकुमार भट्टराई चयन भएका छन् । कम्पनी सञ्चालक समिति बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरु मध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । कम्पनी सञ्चालक समितिको ४०१औँ बैठक पुस १५ गते बसेको थियो ।

कम्पनीका संस्थापक सेयरधनी एसभीआर पब्लिकको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका अध्यक्ष रमेशकुमार निरौलालाई उक्त कम्पनीले फिर्ता बोलाएपछि कम्पनीको अध्यक्ष पद रिक्त थियो ।

प्रकाशित समय ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु