गृहपृष्ठ उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् । ग्रुपका विभिन्न कम्पनीले आयोजना गरेका व्यावसायिक कार्यक्रमलाई सम्बोधन गर्न गृहजिल्ला बागलुङ पुगेका ढकाललाई स्थानीय संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम गरी सम्मान गरेका हुन् ।
बागलुङकै पुरानो विद्यालय विद्यामन्दिर माविले एक कार्यक्रम आयोजना गरी स्वस्ती वाचनसहित सम्मान गरेको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले विद्यालय समुदायसँग नजोडिँदा गुणस्तर र विद्यार्थीको शैक्षिक स्तरमा समेत असर परेको बताए ।
जिल्लाको गहनाका रूपमा रहेको विद्यामन्दिर माविका विद्यार्थीलाई भविष्यमा आउने हरेक चुनौतीसँग जुध्न सक्ने बनाउन र उनीहरूको शैक्षिक क्षमता बलियो बनाउने महान् कार्य शिक्षकहरूको हात रहेको धारणा राखे । उपाध्यक्ष ढकाललाई बैंकर्स बागलुङले पनि सम्मान गरेको छ । सम्मान कार्यक्रममा बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्मा, सचिव ओमप्रकाश पौडेल, सदस्य सुदिप राजभण्डारीलगायतको उपस्थिति थियो । महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएपछि ढकाल पहिलोपटक गृहजिल्ला बागलुङ पुगेका हुन् ।
प्रकाशित समय ११:४३ बजे

















