गृहपृष्ठ माधव नेपाल भन्छन्‑ ओलीले बोलेका शब्दले टाउको निहुर्याउनुपर्ने अवस्था आयो
माधव नेपाल भन्छन्‑ ओलीले बोलेका शब्दले टाउको निहुर्याउनुपर्ने अवस्था आयो
फाइल तस्बिर
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले बोलेका शब्दले टाउको निहुर्याउनुपर्ने अवस्था आएको बताएका छन् । जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा नेपालले भने, ‘ओलीमा आफ्ना विरोधीलाई सिध्याउन चाहने प्रवृत्ति छ, ओलीले बोलेका शब्दले टाउको निहुर्याउनुपर्ने अवस्था आएको छ ।’
प्रधानमन्त्रीको स्तरबाट निम्नस्तरकत्र टिप्पणी आउँदा देशको शिर झुक्ने काम भएको उनले टिप्पणी गरे । अध्यक्ष नेपालले ओलीलाई आफूले नै समर्थन गरेर ल्याएको र अहिले आफैँलाई घाँडो भएको बताए । ओलीभन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ फारबेटर मान्छे भएको उनको भनाइ छ । उनले प्रचण्डसँगै मिलेर आफूले सेना समायोजनलगायत महत्त्वपूर्ण काम गरेको स्पष्ट पारे ।
संसद विघटनलगत्तै आफूमाथि कारबाही भएपछि कामचलाउ प्रधानमन्त्री ओलीले माधव नेपाल, प्रचण्डलगायतका नेतामाथि निम्नस्तरको गाली गरिरहेका छन् । ओली खेमाका सबै नेता तल्लो स्तरमा उत्रिएर नेताहरूमाथि खनिने गरेका छन् । तर, माधव–प्रचण्ड समूहका नेताहरूले भने ओलीको असंवैधानिक कदमको विरोधमात्र गरिरहेका छन् ।
प्रकाशित समय १५:१८ बजे

















