गृहपृष्ठ कोरोनाका कारण कर्णालीमा थप एक जनाको मृत्यु

कोरोनाका कारण कर्णालीमा थप एक जनाको मृत्यु

कर्णालीमा कोरोना भाइरस ( कोभिड १९)का कारण थप एक जनाको मृत्यु भएको छ । बुधबार गुर्भाकोट नगरपालिका ८ की ७४ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

पुस १२ गते ज्वरो आएपछि उनलाई कर्णाली प्रदेश अस्पताल कालागाँउमा पुर्‍याइएको थियो । सोही दिन कोरोनाभाइरस परीक्षण गर्दा उनमा संक्रमण भएको पुष्टि भएको थियो । त्यसयता अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए । कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृतक हुनेको संख्या २८ पुगेको छ ।

प्रकाशित समय १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु