गृहपृष्ठ पदबाट हटे पनि मुख्यमन्त्री भट्टले अब चौकीदारी गर्न भारत जानु चाहिँ पर्दैन : मन्त्री आले
पदबाट हटे पनि मुख्यमन्त्री भट्टले अब चौकीदारी गर्न भारत जानु चाहिँ पर्दैन : मन्त्री आले
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा वन तथा वातावरणमन्त्री प्रेम आलेले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई नेपालमै रोजगारी दिने भन्दै व्यंग्य गरेका छन् । नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको आम सभामा बोल्दै मन्त्री आलेले मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यकाल अब धेरै नभएको बताए ।
‘मुख्यमन्त्री ज्यु, अब तपाईको कार्यकाल धेरै छैन । तपाई पदबाट हटे पनि चौकीदारी गर्न भारत जानु चाहिँ पर्दैन । तपाईलाई समेत यतै रोजगारी दिनेगरी यो सरकारले काम गर्दैछ,’ मन्त्री आलेले मुख्यमन्त्री भट्टप्रति व्यंग्य गरे । चुनाव जिताएर मुख्यमन्त्री बनाए पनि भट्टले केही काम गर्न नसकेको उनले आरोप लगाए । अब चुनाव जितेर देखाउनसमेत मुख्यमन्त्रीलाई उनले चुनौती दिएका छन् । उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्ने पनि बताए ।
मुख्यमन्त्री भट्टमा राजनीतिक संस्कारसमेत नभएको मन्त्री आलेले बताए। देशको प्रधानमन्त्री आफ्नो प्रदेशमा आउँदा मुख्यमन्त्री भट्टले स्वागतसमेत नगरेको भन्दै उनले आक्रोस पोखे ।
प्रकाशित समय १६:४८ बजे

















