गृहपृष्ठ लुम्बिनी विकास बैँकको १० प्रतिशत लाभांश पारित

लुम्बिनी विकास बैँकको १० प्रतिशत लाभांश पारित

लुम्बिनी विकास बैँकको १० प्रतिशत लाभांश पारित भएको छ । पुस २६ गते सम्पन्न बैँकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश वितरण गर्न गरेको प्रस्ताव पारित गरेको हो ।

बैँकले ‘निरन्तर सहयात्रा’ भन्ने नारासहित सातै प्रदेशका ६९ शाखा कार्यालय र १७ वटा एटीएमबाट २ लाख ६४ हजार ग्राहकलाई आधुनिक बैँकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु