गृहपृष्ठ एनएमबी बैंकको १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित
एनएमबी बैंकको १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित
एनएमबी बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागिसमेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । उक्त सभाले बैंकले अधिकृत पूँजी १६ अर्बबाट वृद्धि गरी २० अर्ब पुर्याउने प्रस्ताव पनि पारित गरेको छ ।
कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधिमार्फत सञ्चालन गरी सेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो । साधारण सभा सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा बुधबार सम्पन्न भएको हो ।
प्रकाशित समय १८:१४ बजे

















