गृहपृष्ठ ‘लोकतन्त्रवादीलाई जेल पठाउन बहस गर्न वकिल प्रधानमन्त्रीको पक्षमा’

‘लोकतन्त्रवादीलाई जेल पठाउन बहस गर्न वकिल प्रधानमन्त्रीको पक्षमा’

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले हिजो लोकतन्त्रवादीलाई जेल पठाउन बहस गर्न वकिल आज प्रधानमन्त्रीको पक्षमा देखिएको आरोप लगाएका छन् । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमाथिको बहसमा सरकारका तर्फबाट बहस गर्ने वकिलहरू हिजो लोकतन्त्रवादीहरूलाई जेल पठाउन बहस गर्ने गरेको उनले बताएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘हिजो लोकतन्त्रका विरुद्ध र लोकतन्त्रवादीहरुलाई जेल पठाउन बहस गर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमा बहस गर्दै छन्, अर्कातिर हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहस गर्ने वकिलजति सबै आज प्रधानमन्त्रीको कदमका विपक्षमा ! देशमा के हुँदैछ ? ‘

प्रकाशित समय ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु