गृहपृष्ठ एनआईबीएल एस क्यापिटलको कार्यालय शनिबार पनि खुल्ने
एनआईबीएल एस क्यापिटलको कार्यालय शनिबार पनि खुल्ने
एनआईबीएल एस क्यापिटलको कार्यालय शनिबार (माघ ३ गते) पनि खुल्ने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सार्वजनिक निष्कासन (आईपीओ)लाई मध्यनजर गर्दै एनआईबीएलले काउन्टर खुला राख्ने भएको हो ।
शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने कार्यालयबाट डिम्याटसम्बन्धी सबै सेवा प्रदान हुने कम्पनीले जनाएको छ । कार्यालय समयमा हिताग्राही खाता खोल्न तथा नवीकरण गर्न र मेरो सेयर दर्ता तथा नवीकरण गर्न सकिने कम्पनीको सूचनामा उल्लेख छ ।
प्रकाशित समय १६:२३ बजे

















