गृहपृष्ठ लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक हुनुपर्छ : पौडेल

लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक हुनुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नम्बर २ ले पूर्व क्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन आयोजना गरेको श्रद्धाञ्जली सभामा नेता पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि सबै जुट्नुको विकल्प नभएको बताएका हुन् ।

तिमिल्सिनाको निधनले पार्टीलाई एउटा कर्मीमौरीको रिक्तता खड्किएको उनले बताए । ‘राजनीति त्यागको पाटो हो। यो कुरा भक्ति तिमिल्सिनाबाट सिक्नुपर्छ,’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेपछि राजनीति गर्माएको छ । नेताहरू विरोध प्रदर्शनका लागि देश दौडाहामा छन् ।

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु