गृहपृष्ठ नेप्से २३१५ अंकको ऐतिहासिक उचाइमा, १६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

नेप्से २३१५ अंकको ऐतिहासिक उचाइमा, १६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

सेयर बजार परिसूचक नेप्से २३१५ अंकको ऐतिहासिक उचाइमा पुगेको छ । आइतबार कारोबार भएका २०८ कम्पनीमध्ये १६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेपछि बजार २८.४६ अंकले बढेर २३१५ अंकमा उक्लिएको हो ।

जलविद्युतबाहेकका सबै समूह उकालो लाग्दा व्यापार समूहमात्रै ९.२४ प्रतिशतले बढेको छ । व्यापार समूहमा पर्ने साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य १० प्रतिशत अर्थात ६९३ रुपैयाँले बढेर प्रतिकित्ता ७ हजार ६२३ रुपैयाँ कायम भएको छ ।

सकारात्मक सर्किट लाग्ने अन्य कम्पनी नारायणी डेभलपमेन्ट बैँक ५१, गुराँस लघुवित्त ९३, सामुदायिक लघुवित्त १०३, कर्पोरेट डेभलपमेन्ट बैँक ३४, प्रभु लाइफ २७, किसान लघुवित्त ११८, महिला सहयात्रा माइक्रोफाइनान्स ९५, आरम्भ चौतारी लघुवित्त १०७, मञ्जुश्री फाइनान्स ३५, गरिमा विकास बैँक ३२, कामना सेवा विकास बैँक २४, जलविद्युत लगानी तथा विकास कम्पनी २७, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैँक ९५, सांग्रिला डेभलपमेन्ट बैँक १९ र बरुण हाइड्रोको सेयर मूल्य १८ रुपैयाँ बढेको छ ।

आइतबार १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ५८ करोड १० लाखको सेयर कारोबार भयो । त्यस्तै एनआईसी एसिया बैँक २२ करोड ९० लाख, सिभिल बैँक २० करोड ९९ लाख र नेपाल रिइन्स्योरेन्स कम्पनीको १८ करोड ६९ लाखको सेयर खरिद‑बिक्री भएको छ ।

आइतबार १३१ कम्पनीको मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्य घटेको छ । ९ वटाको मूल्य स्थिर छ । कारोबारको अन्त्यमा कुल बजार पुँजीकरण ३१ खर्ब १८ अर्ब नाघेको छ ।

प्रकाशित समय १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु