गृहपृष्ठ सामुदायिक पुस्तकालय भवनलाई सिद्धार्थ बैँकको सहयोग

सामुदायिक पुस्तकालय भवनलाई सिद्धार्थ बैँकको सहयोग

सिद्धार्थ बैंकले काठमाडौँको टोखामा रहेको फ्रेन्डसिप फाउन्डेसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फाउन्डेसनलाई सहयोग गरेको हो ।

सहयोग रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले फ्रेन्डसिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाशबाबु पौडेललाई हस्तान्तरण गरेका छन् । सहयोग रकम फ्रेन्डसिपले गोरखाको सिरानचोक गाउँपालिका १, केराबारीमा शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणमा उपयोग गर्ने जनाएको छ ।

प्रकाशित समय ०७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु