गृहपृष्ठ क्युआरबाटै लक्ष्मी बैँकका ग्राहकले बसको टिकट तिर्न सक्ने
क्युआरबाटै लक्ष्मी बैँकका ग्राहकले बसको टिकट तिर्न सक्ने
लक्ष्मी बैँकका ग्राहकले क्युआरबाटै बसको टिकट तिर्न सक्ने भएका छन् । बैँकले ल्होत्से बहुद्देश्यीयसँगको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी गर्न सकिने सुविधा सुरु गरेको हो । बैँकका ग्राहकले बसको टिकट खरिद गर्दा क्युआर स्क्यान गरी फोनपे नेटवर्कबाट भुक्तानी गर्न सक्नेछन् ।
क्युआरद्धारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्कालका लागि काठमाडौँको गोँगबु बसपार्कमा उपलब्ध हुने बैँकले जनाएको छ । लक्ष्मी बैँकले अस्पताल, सपिङ मल, इन्टरनेट सेवाप्रदायकलगायतका साना‑ठूला व्यापारिक संस्थामा क्युआर पेमेन्ट सञ्चालन गरिसकेको छ ।
प्रकाशित समय ०७:५२ बजे

















