गृहपृष्ठ नेप्से अर्को कीर्तिमानी उचाइमा, लगानीकर्ताले एकैदिनमा कमाए २३ अर्ब
नेप्से अर्को कीर्तिमानी उचाइमा, लगानीकर्ताले एकैदिनमा कमाए २३ अर्ब
२०७ कम्पनीको कारोबार हुँदा १८ कम्पनीको मूल्यमा उछाल
सेयर बजार परिसूचक नेप्सेले सोमबार पनि ऐतिहासिक उचाइ कायम गरेको छ । २०७ कम्पनीको कारोबार भएको बजारमा १८ कम्पनीको मूल्यमा उछाल आएपछि नेप्से परिसूचक १७.३१ अंकले बढेर २३३२.३२ अंकको कीर्तिमानी बनाएको हो ।
मूल्य बढ्ने १८ कम्पनीमा सिभिल लघुवित्त, विशाल बजार, गुर्खाज फाइनान्स, नारायणी डेभलपमेन्ट बैँक, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, समिट लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सामुदायिक लघुवित्त, जलविद्युत लगानी तथा विकास कम्पनी, तारागाउँ रिजेन्सी होटल, कर्पोरेट डेभलपमेन्ट बैँक, नेपाल फाइनान्स, प्रभु लाइफ, बरुण हाइड्रोपावर, कामना सेवा विकास बैँक, प्रोग्रेसिभ फाइनान्स र छ्याङ्दी हाइड्रोको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
सर्वाधिक कारोबार हुनेमा प्रभु बैँक ३३ करोड ४६ लाख, नेपाल टेलिकम २६ करोड ८२ लाख, एनआईसी एसिया २० करोड २४ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनी १८ करोड ८ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १६ करोड २२ लाख छन् ।
सोमबार २०७ कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर ६ अर्ब ३१ करोड ४६ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो कारोबार कम आइतबारको तुलनामा ६ करोड कम हो । आइतबार ६ अर्ब ३७ करोड ४२ लाखको सेयर कारोबार भएको थियो ।
बजार आइतबार २८ अंकले बढेको थियो । कारोबारको अन्त्यमा कुल बजार पुँजीकरण ३१ खर्ब ४१ अर्ब नाघेको छ । लगानीकर्ताले एकै दिनमा २३ अर्ब कमाएका छन् । आइतबार कुल बजार पुँजीकरण ३१ खर्ब १८ अर्ब रुपैयाँ थियो ।
प्रकाशित समय १५:५३ बजे

















