गृहपृष्ठ रुकुम पश्चिम घटनाको कांग्रेसद्वारा भर्त्सना
रुकुम पश्चिम घटनाको कांग्रेसद्वारा भर्त्सना
नेपाली कांग्रेसले रुकुम पश्चिम घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । सोमबार रुकुम पश्चिममा काँग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भएको थियो । आठबीसकोट नगरपालिका वडा नं. ९ का कांग्रेसनिकट वडाध्यक्ष तारकबहादुर शाहीको समूह र नेकपा निकट वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नं. ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहबीच झडप भएको थियो ।
नेकपा समूहले सुरक्षाकर्मीको अगाडि नै कांग्रेस समूहमाथि चक्कु प्रहार गरी गरेको कांग्रेसको आरोप छ । उक्त घटनामा वडाध्यक्ष शाही, तेजबिक्रम आरसी र दीपक केसी गम्भीर घाइते भएकोले उनीहरुको नेपालगञ्जमा र दुई जनाको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको कांग्रेसले जनाएको छ ।
घटनामा संलग्न आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न तथा घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्याउन नेकपालाई कांग्रेसको चेतावनी छ ।
प्रकाशित समय १८:५३ बजे
















