गृहपृष्ठ नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली
नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली
बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा दुई अर्ब ३२ करोड रूपैयाँभन्दा बढी राजस्व असुली गरेको कार्यालय प्रमुख जयबहादुर भण्डारीले बताएका छन् । भन्सार कार्यालयको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य सात अर्ब ५८ करोड रूपैयाँ रहेकोमा नौ अर्ब ९० करोड अर्थात् ३०.६० प्रतिशत राजस्व असुली गरेको हो ।
चालू आर्थिक वर्षको पहिलो महिनामा १७७ प्रतिशत राजस्व असुली गरेको नेपालगञ्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १३८ प्रतिशत राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिएका छन् । भन्सार कार्यालयको यस वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य रहेकोमा सजिलै पूरा हुने संकेत देखिएको छ ।
प्रकाशित समय ०९:५२ बजे

















