गृहपृष्ठ हिमालयन बैँकको नाफामा भारी गिरावट

हिमालयन बैँकको नाफामा भारी गिरावट

himalayan-bank-newskarobar

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा हिमालयन बैँकको नाफामा भारी गिरावट आएको छ । बिहीबार सार्वजानिक दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैँकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ६२.५ प्रतिशतले कमी आएको हो

बैँकले चालू आवको पुससमममा ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएकोछ  । गत वर्षको सोही अवधिमा बैँकको नाफा १ अर्ब ७४ करोड रुपैयाँ थियो । बैँकको खुद ब्याज आम्दानी २ अर्ब ५७ करोड रुपैयाँबाट घटेर १ अर्ब ७५ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी अन्य सञ्चालन आम्दानी ७ करोड ७२ लाख रुपैयाँबाट घटेर १ करोड ९३ लाख रुपैयाँ झरेको छ ।

पुससम्ममा बैँकको निक्षेप संकलन १ खर्ब २५ अर्बबाट बढेर १ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब १ अर्बबाट बढेर १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको बैँकको जगेडा कोषमा ५ अर्ब ९८ करोड रुपैयाँ छ ।

बैँकको खराब कर्जा पनि बढेको छ । समीक्षा अवधिमा बैँकको खराब कर्जा १.२८ प्रतिशतबाट बढेर २.१३ प्रतिशत पुगेको छ । बैँकको आधार दर ८.९२ प्रतिशतबाट ६.८३ प्रतिशतमा र स्प्रेड दर ५.३२ प्रतिशतबाट ३.७६ प्रतिशतमा झरेको छ ।

नाफा घटेसँगै बैँकको प्रतिसेयर आम्दानीमा उल्लेख्य गिरावट आएको छ । समीक्षा अवधिमा बैँकको प्रतिसेयर आम्दानी ४०.९ रुपैयाँबाट घटेर १२.२३ रुपैयाँमा झरेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ १६५.५५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४७.१० गुणा पुगेको छ ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु