गृहपृष्ठ एनआइसी एशिया लघुवित्तको कर्जा लगानी ८ अर्ब ५५ करोड पुग्यो

एनआइसी एशिया लघुवित्तको कर्जा लगानी ८ अर्ब ५५ करोड पुग्यो

कर्णाली प्रदेशको जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको आर्थिक प्रतिवेदन प्रकाशन गरेको छ । संस्थाले आव २०७७/७८ को दोस्रो त्रैमाससम्ममा कर्जा लगानी ८ अर्ब ५५ करोड रुपैयाँ पुर्‍याएको छ ।

त्यसैगरी बचत संकलनतर्फ १ अर्ब ४ करोड रुपैयाँ पु¥याउन वित्तीय संस्था सफल भएको त्रैमासिक प्रतिवदेनमा उल्लेख छ । संस्थाले आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई विविधीकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ०.९६ प्रतिशत र प्रतिसेयर आम्दानी २१.५९ रहेको छ । त्यसैगरी संस्थाले दोस्रो त्रैमासमा खुद नाफा १५.९७ करोड आर्जन गरेको छ ।

यसका साथै संस्थाले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) गर्नेसम्बन्धी अन्तिम सम्झौतापत्रमा गत पुस १० गते हस्ताक्षर गरिसकेको छ । मर्जरसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जरपश्चात् एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत रुपमा कारोवार सञ्चालन हुनेगरी कार्ययोजनासहित देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पूँजी भएको एक सवल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।

लघुवित्तको कर्णाली प्रदेशलगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कुल १२० शाखा सञ्चालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपालभर ८५ शाखा सञ्चालनमा रहेका छन् । मर्जरपश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ ।

प्रकाशित समय १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु