गृहपृष्ठ ग्लोबल आइएमई बैंकको सिन्धुलीमा शाखा स्थापना
ग्लोबल आइएमई बैंकको सिन्धुलीमा शाखा स्थापना
ग्लोबल आइएमई बैंकले सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, जिल्ला समन्वय समिति संयोजक शंकर बर्मा तिवारी, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ शाखा उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी पाण्डेले ग्लोबल आइएमई लाईबैंक मुलुककै उत्कृष्ट बैंकको रुपमा स्थापित हुनेगरी काम गर्न सुझाव दिए । उनले लगानी र नाफा दुबै हिसाबले यो बैंक आगामी दिनमा मुलुककै १ नम्बर हुने विश्वास लिएको बताए ।
संयोजक तिवारीले देशकै ठूलो बैंक ग्लोबल आइएमईले साना किसान तथा व्यवसायीका लागि उत्थानका कार्यक्रम ल्याउनुपर्ने बताए । बैंकलाई स्थानीय सरकार, साना व्यवसायी तथा कृषकसँग समन्वय गरेर काम गर्न उनले सुझाव दिए । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष बैदारले ग्लोबल आइएमई बैंकले व्यवसायीमैत्री सेवा प्रदान गर्न आवश्यक रहेको बताए ।
बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले सरकारको नीति तथा कार्यक्रमलाई पालना गर्दै सेवा विस्तार गरिरहेको जानकारी गराए । उनले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई सातवटा कम्प्युटर पनि हस्तान्तरण गरेका छन् । उनले निरुशा किराना तथा डेरी पसललाई नगदरहित कारोबारका लागि क्युआर कोड स्ट्यान्डीसमेत हस्तान्तरण गरे ।
प्रकाशित समय ०८:१८ बजे

















