गृहपृष्ठ भीड देखाउँदै प्रधानमन्त्रीले भने : यो कम्युनिस्टको मात्र होइन, देशकै मूल पार्टी नै यही हो

भीड देखाउँदै प्रधानमन्त्रीले भने : यो कम्युनिस्टको मात्र होइन, देशकै मूल पार्टी नै यही हो

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले आफूले नेतृत्व गरेको नेकपा देशकै मूल पार्टी भएको बताएका छन् । नेकपाको इतिहास बोकेको पार्टी भन्दै देश बनाउने सपना बोकेको पार्टी नै मुल पार्टी भएको दाबी गरेका हुन् ।

नारायणहिटी अगाडिको वृहद जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेकपा स्वाधीनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी यही भएको बताए । उनले भने, ‘आज कुन मूल पार्टी भन्ने, कुन पार्टी सक्कली, कुन नक्कली भन्ने फैसला भयो । अब पनि भ्रममा परिरहनुपर्छ र ?’ उनले जनसभामा मान्छे खाँदाखाँद रहेको र त्रिचन्द्रदेखि जयनेपालसम्म भीड रहेको भन्दै मुल पार्टी कुन हो भनेर भ्रममा नपर्न आग्रह गरे ।

सम्बोधनमा उनले दाहाल नेपाल नरभक्षी भएको बताए । उनले भने, ‘दाहाल नेपाल समूहले बिहीबार नेपाल बन्द गरेर, किसानहरूका उत्पादन सडकमा पोखेर र गरिबको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजेका छन् । अब नरभक्षी आन्दोलन गर्ने दिन गए । अब नेपाल अशान्ति र हिंसामा जान सक्दैन ।’

प्रकाशित समय १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु