गृहपृष्ठ सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश पारित
सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश पारित
सेन्ट्रल फाइनान्स लिमिटेडको २४औं वार्षिक साधारणसभाले १० प्रतिशत लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठका अनुसार अहिले सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय रहेको ललितपुरको कुपण्डोल, काठमाडौंको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्यामासिंह र सल्लाघारी, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट र बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुरधामसमेत हाल शाखा संख्या १४ सञ्चालनमा छन् ।
उनले झापाको बिर्तामोड, सुनसरीको इटहरी र पर्साको बिरगञ्ज शाखा छिटै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको र भविष्यमा थप शाखा खोली शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गरिने बताए । श्रेष्ठका अनुसार फाइनान्सको वित्तीय चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपैयाँ, निक्षेप ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ र कर्जा लगानी ३ अर्ब ५८ करोड १० लाख रुपैयाँ रहेको छ ।
प्रकाशित समय १५:३१ बजे

















