गृहपृष्ठ सोमबार सुनको मूल्य २ सय रूपैयाँ घट्यो
सोमबार सुनको मूल्य २ सय रूपैयाँ घट्यो
आइतबार ६ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार भने २ सय रूपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
आइतबारको लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रूपैयाँ तोकिएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि १५ रूपैयाँ घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय ११:२६ बजे

















