गृहपृष्ठ ‘दरबारमार्ग आमसभापछि केपी ओली रक्षात्मक भइसके’
‘दरबारमार्ग आमसभापछि केपी ओली रक्षात्मक भइसके’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा पुगिसकेको बताएका छन् । केही दिनअघि दरबारमार्गमा आयोजित सभामा न्यून उपस्थितिपछि ओली रक्षात्मक बनेको प्रचण्डको दाबी थियो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले वातावरण विस्तारै सकरात्मक दिशातिर गएको दाबी गरे । माघ २८ मा काठमाडौंमा हुने जनप्रदर्शनलाई व्यापक बनाउन प्रचण्डले आफूनिकटका शिक्षकहरूलाई आग्रह पनि गरेका छन् ।
प्रकाशित समय १६:२४ बजे

















