गृहपृष्ठ ट्रम्प र किमको वार्तामा एक खेलाडीको चर्चा, किन जाँदैछन् सिंगापुर ?
ट्रम्प र किमको वार्तामा एक खेलाडीको चर्चा, किन जाँदैछन् सिंगापुर ?
१२ जूनमा हुन लागेको बहुप्रतिक्षित भेटवार्ताका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जङ–उन सिंगापुर पुगेका छन् । संसारभरका राजनीतिक विश्लेषक र आम मानिस ट्रम्प र उनबीचको भेतवार्तालाई लिएर उत्सुक छन् ।
भेटवार्तामा दुई देशका अन्य केही कुटनीतिज्ञ पनि सहभागी हुनेछन् जसबारे औपचारिक जानकारी अहिलेसम्म दिइएको छैन । तर, यो वार्तामा एकजना यस्ता व्यक्ति पनि सहभागी हुँदैछन्, जोसँग राजनीति र अन्तर्राष्ट्रिय कुटनीतिसँग टाढा–टाढासम्म कुनै सम्बन्ध छैन । उनी हुन् बास्केटबल खेलाडी डेनिस रडम्यान, जो ट्रम्प र किमबीचको भेटवार्तामा सामेल हुँदैछन् । यसबारे अन्तर्राष्ट्रिय संचारमा माध्यममा विभिन्न टिकाटिप्पणी भइरहेको छ । डेनिस उत्तर कोरियाली नेता किमका निकट मानिन्छन् ।
सन १९६१ मा जन्म लिएका डेनिसले आफ्नो शुरवाती पढाइ अमेरिकी प्रान्त टेक्सासस्थित एक कम्युनिटी कलेजमा गरेका थिए । त्यसपछि साउथ ईस्टर्न ओकलाहामा स्टेट युनिभर्सिटीबाट पढाइलाई निरन्तरता दिए । पछि उनले नेसनल बास्केटबल एशोसिएसनका लागि खेल्न थाले । स्मल फरवार्ड पोजिशनबाट सुरु गरेपनि पछि उनी एक उत्कृष्ट खेलाडीका रुपमा परिचय बनाउन सफल भए ।
डेनिस एक पेशेवर रेसलर पनि थिए र अमेरिकी राष्ट्रपति ट्रम्पको पेशेवर रेसलिङसँग पुरानो सम्बन्ध छ । डेनिसले गत जुन ८ मा आफ्नो ट्वीटर अकाउन्टबारे यसबारे प्रष्ट पार्दै भनेका छन् कि उनी ऐतिहासिक सम्मेलनका लागि सिंगापुर जाँदैछन् र आफ्ना साथी अमेरिकी ट्रम्प र मार्शल किमलाई जस्तोसुकै मद्दत आवश्यक भएपनि उपलब्ध गराउनेछन् ।
डेनिस धेरै समययता दुई देशबीच शान्तिपूर्ण सम्बन्ध स्थापना गराउन लागि परेका छन् । पछिल्लो पटक जब उत्तर कोरियाले तीन अमेरिकी नागरिकलाई रिहा गरेको थियो, तब उनले दुबै देशलाई धन्यवाद दिँदै ट्वीट गरेका थिए । उनले सन् २०१३ मा गार्डियनलाई दिएको अन्तर्वार्तामा किमलाई एक उत्कृष्ट व्यक्ति भनेका थिए । तर, उनले उत्तर कोरियास्थित हिरासतमा लिएका अमेरिकी नागरिकको रिहाइको प्रयासमा सामेल हुन भने इन्कार गरे । उनले भनेका थिए, ‘उनीहरुका बारेमा कुरा गर्नु मेरो काम होइन ।’
यदि यो सम्मेलनमा भाग लिनका लागि डेनिसको योग्यताबारे कुरा आयो भने यसको जवाफ हुनेछ, उनी पहिलो यस्ता अमेरिकी नागरिक हुन्, जसले अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमसँग भेट गरिसकेका छन् । डेनिस पाँच पटक उत्तर कोरियाको भ्रमणमा गइसकेका छन् जसमा उनले किमको परिवारसँग समुद्र किनारमा बसेर कुराकानी गरेका थिए । त्यसो त ट्रम्प राष्ट्रपति हुनुअघि नै उनी डेनिसको टिभी शो सेलिब्रेटी अपे्रन्टिसमा दुई पटक सामेल भइसकेका छन् । डेनिसले यो पनि दाबी गरेका छन् कि उनले ट्रम्पले लेखेको किताब ‘द आर्ट अफ डील’ किमलाई दिएका छन् ।

डेनिसले पहिलो पटक सन २०१३ मा उत्तर कोरियाको भ्रमण गरेका थिए । यो भ्रमणका क्रममा उनको टिमले एक बास्केटबल म्याच खेलेको थियो, उक्त म्याच हेर्न स्वयं किम त्यहाँ पुगेका थिए । खास कुरा यो हो कि उत्तर कोरियाको सरकारी टेलिभिजनले डेनिसको यात्रालाई महत्वपूर्ण भन्दै कभरेज दिएको छ । डेनिस यो शिखर सम्मेलनका क्रमम कुनै सांस्कृतिक समारोहमा एक महत्वपूर्ण पाहुनाका रुपमा सामेल हुन सक्नेछन् ।
एनके लीडरशिप वाच नामको वेबसाइट चलाउँदै आएका जानकार माइकल म्याडन भन्छन्, ‘डेनिस एक तरिकाले गूडविल एम्बेसडरजस्तै हुन् । यदि दुई पक्ष सांस्कृतिक अदान–प्रदानका लागि तैयार भए भने डेनिस त्यसमा एक महत्वपूर्ण हिस्साका रुपमा साबित हुन सक्छन र यो बास्केटबलका रुपमा हुन सक्छ ।
प्रकाशित समय ०८:४५ बजे



















