गृहपृष्ठ दुबै सदनको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

दुबै सदनको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदअन्तर्गत दुबै सदनको संयुक्त बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा दुवै संसदको बैठक सञ्चालन सम्बन्धी नियमावली पेश गर्ने कार्यसूचि छ । दुबै सदनको नियमावली बनाउने गठित संयुक्त नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोखरेलले नियमावली बैठकमा पेश गर्ने छन् ।

सदनको संयुक्त बैठक सञ्चालनको कार्यविधि, समिति गठन, सदस्य तथा बैठक सञ्चालन विधिलगायतका विषय नियमावलीमा उल्लेख छ । प्रस्तावित नियमावली अनुसार संयुक्त बैठकको अध्यक्षता अहिले अभ्यास भइरहेअनुसार नै प्रतिनिधिसभाका सभामुखले गर्नेछन् ।

दुबै सदनका सदस्य रहनेगरी दुई समिति गठन हुने विषय नियमावलीमा समेटिएको छ । यसमा राज्यका नीति निर्देशक सिद्धान्त अनुगमन कार्यान्वयन तथा निर्देशन समिति र संसदीय सुनुवाइ विशेष समिति रहेका संयोजक पोखरेलले बताए । प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यसञ्चालन नियमावली भने दुवै सदनबाट यसअघि नै पारित भइसकेको छ ।

प्रकाशित समय ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु