गृहपृष्ठ प्रदेश ५ का स्थानीय जनप्रतिनिधिले तलब खाने बाटो खुल्यो
प्रदेश ५ का स्थानीय जनप्रतिनिधिले तलब खाने बाटो खुल्यो
यस्तो पाउनेछन् सेवा सुविधा
प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुखबाट विधेयक प्रमाणिकरण भएपछि स्थानीय तहका जनप्रतिनिधिहरुलाई तलब÷भत्ता खाने बाटो खुलेको छ । जसअनुसार जिल्ला समन्वय समिति प्रमुखले मासिक ४१ हजार, उपप्रमुखले ३६ हजार र सदस्यले १६ हजार रुपैयाँ तलब भत्ता बापत पाउनेछन् । त्यसैगरी उपमहानगरपालिकाका प्रमुखले ४० हजार, उपप्रमुखले ३५ हजार, वडाअध्यक्षले २६ हजार, कार्यपालिका सदस्यले १५ हजार र वडा सदस्यको ९ हजार रुपैयाँ पाउने भएका छन् ।
नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख झाले विधेयक प्रमाणित गरेको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ । यस अघि जेठ १६ गते बसेको प्रदेशसभा बैठकले उक्त विधेयक पास गरेको थियो ।
प्रदेश अन्तर्गतका नगरपालिका प्रमुखको ३५ हजार, उपप्रमुखको ३० हजार, वडा अध्यक्षको २५ हजार, कार्यपालिका सदस्यको १३ हजार, सदस्यको ८ हजार र गाउँपालिकाका अध्यक्षको ३० हजार, उपाध्यक्षको २७ हजार, वडा अध्यक्षको २० हजार, कार्यपालिका सदस्यको १२ हजार र सदस्यको ७ हजार मासिक तलब तोकिएको छ । तलब भत्ताका अतिरिक्त उनीहरुले बैठक तथा भ्रमण भत्ता पनि पाउने छन् ।
प्रकाशित समय १६:११ बजे
















