गृहपृष्ठ नीति तथा कार्यक्रमसहित दुई विधेयक सर्वसम्मत पारित
नीति तथा कार्यक्रमसहित दुई विधेयक सर्वसम्मत पारित
प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । बुधबार दिउँसो बसेको प्रदेशसभा बैठकबाट गत शुक्रबार प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गरेको नीति कार्यक्रम सर्वसम्मततिले पारित भएको हो ।
बैठकबाट प्रदेश ५ को वित्त व्यवस्थापन विधेयक र प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी विधेयक पनि पारित भएको छ । बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदन संशोधन गर्न बनेको नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन समितिका सदस्य दामाकुमारी शर्माले पेस गरेकी थिइन् ।
प्रकाशित समय ०९:४८ बजे
















